नियम
अन्य स्थानमा पशु वध गर्ने

(१) ऐनको दफा ९ को उपदफा (२) बमोजिम पशु वध गर्ने स्थान र समय तोक्दा मासु सुपरीवेक्षकलेस्थानीय तहको गाउँकार्यपालिका वा नगर कार्यपालिकाको परामर्शमा देहायको मापदण्ड भएको स्थान तोक्नु पर्नेछ :–

(क) पशु वध गर्ने स्थानको भुई सजिलैस“ग सफा गर्न सकिने, पानी नजम्ने र नसोस्ने किसिमले पक्की गरी निर्माण गरिएको,
(ख) पशु वध गर्ने स्थानमा बाहिरबाट कुनै जनावर पस्न नसक्ने व्यवस्था मिलाइएको,
(ग) वध गरिएको पशुलाई भुण्ड्याएर छाला काढ्ने र मासु सफा गर्ने सुविधा भएको,
(घ) स्वच्छ पानीको सुविधा भएको,
(ङ) पशु वध गर्ने स्थानबाट निस्कने फोहर मैला वातावरणलाई असर नपर्ने गरी तह लगाउने व्यवस्था भएको,
(च) उपयुक्त छाना भएको ।

(२) उपनियम (१) बमोजिमको स्थानमा पशु वध गर्दा वध गर्नु अघि (एन्टिमोर्टम) र वध गरेपछि (पोष्टमार्टम) को परीक्षण गर्दा अपनाउनु पर्ने प्रक्रिया अनुसूची–५ र अनुसूची–६ बमोजिम हुनेछ ।